११. कोषको रकम उपयोग गरिनेः
(१) आर्थिक, सामाजिक, तथा साँस्कृतिक दृष्टिले पछाडि परेका वर्ग समुदाय र जाति तथा दुर्गम तथा पिछडिएको क्षेत्रका नागरिकको हित हुने गरी देहायको कार्यको लागि कोषको रकम उपयोग गरिनेछ :–
(क) निजामती कर्मचारी समेत सम्मिलित भई सञ्चालन गरिने आपत्कालीन अवस्थामा तत्काल राहत कार्यक्रम सञ्चालन गर्न,
(ख) प्राकृतिक वा गैर प्राकृतिक विपद्मा परेका व्यक्तिहरूको पुनस्र्थापनाको कार्यमा सहयोग गर्न,
(ग) विभिन्न शीपमूलक तालीम कार्यक्रम सञ्चालन गर्न,
(घ) शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अत्यावश्यक सामाजिक सेवा उपलब्ध गराउन वा वातावरण संरक्षण गर्न,
(ङ) केन्द्रीय समितिले उपयुक्त ठहराएको अन्य योगदानको क्षेत्रमा आवश्यक सहयोग गर्न ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोषको रकम निजामती कर्मचारीको कल्याणकारी कार्यमा उपयोग गर्न वाधा पर्ने छैन ।
(३) उपनियम (१) बमोजिमको कार्य सरकारी निकाय, गैर सरकारी संघ, संस्था वा समुदायसँगको सहकार्यमा समेत गर्न सकिनेछ ।
(४) केन्द्रीय समितिबाट स्वीकृत उपनियम (१) बमोजिमको योजना तथा कार्यक्रम र सो कार्यका लागि विनियोजित रकम सम्बन्धी विवरण केन्द्रीय समितिले सार्वजनिक गर्नृ पर्नेछ ।